अर्थमन्त्रीको राजीनामा माग्दै एमाले र राप्रपाले गरे गण्डकी संसदमा अवरोध

पोखरा । रातो किताब अघि नै बजेट सार्वजनिक भएको भन्दै नेकपा एमाले र राप्रपाले गण्डकी संसद अवरोध गरेका छन् ।

संसदमा वार्षसक विकास कार्यक्रम आउनुअघि सामाजिक सञ्जालमा सत्तारुढ दलका नेता कार्यकर्ताले कार्यक्रम सार्वजनिक गरेको आरोप एमालेको छ ।

`बजेट सार्वजनिक संसदभन्दा पहिला कार्यक्रताकोमा पुग्यो ।माननीय मन्त्री ज्यु के गर्नुहुन्छ ? नैतिकताको हिसावले आफै राजिनामा दिनुहुन्छ कि सम्बन्धित मन्त्रीलाई राजीनामा दिन लगाउनुहुन्छ ?,´ एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने, `करका दरपनि विचौलिया राखेर हेरफेर गर्ने यो देशमा यस्ता कुरा सामान्य भन्नुहुन्छ कि तत्काल छानविन समिति बनाउनुहुन्छ ?´

प्रदेशले पठाउने समपुरक र विशेष योजना प्रदेशले आफुखुसी छानेकोमा उनको आपत्ति छ ।

`समपुरक र विशेष प्रदेशले हाल्ने हो कि पालिकाले प्राथमिकता तोकेका योजनामा बजेट हाल्ने हो ? यसको जवाफ चाहियो,´ उनले भने ।

वार्षिक बिकास पुस्तकमा योजनाको अक्षर सानो भएको भन्दै पुनः मन्त्रालयगत पुस्तक प्रकाशनको लागि एमालेले माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *