आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई १ वर्षभन्दा बढी कैद, सबै सम्पत्ति जफत
मकालु खबर
२०८० असार १५ गते
काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय सुनाइएको छ । गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा खडकालाई दोषी ठहर गर्दै विशेष अदालतले शुक्रबार यस्तो सजाय सुनाएको हो ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले यस्तो फैसला सुनाएको हो ।
खड्का र उनकी श्रीमति शर्मिलाको नाममा रहेको घर, जग्गा, बैंक ब्यालेन्स, सेयरलगायतका सबै सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको हो ।
उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते आरोप पत्र दायर गरेको थियो ।
मकालु खबर
२०८० असार १५ गते
प्रतिक्रिया
सम्बन्धित