अदालतकी कर्मचारी कुट्ने वकिलविरुद्ध अवहेलना मुद्दा
मकालु खबर
२०८० असार १५ गते
ललितपुर जिल्ला अदालतकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गर्ने कानुन व्यवसायीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ।
बुधबार कानुन व्यवसायी अमिर लामिछानेले कर्मचारी तामाङसँगको सामान्य विवादमा हातपात गरेका थिए। हातपातबाट उनको मुखमा चोट लागेको छ भने कपडा च्यातिएको छ। उनलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।
लामिछानेविरुद्ध शुक्रबार दुईवटा अवहेलना मुद्दा दर्ता भएको छ। पहिलो मुद्दा तामाङ स्वयमले न्यायिक कार्यमा संलग्न आफूमाथि हातपात भएको भन्दै मुद्दा दायर गरकी छिन्।
त्यस्तै अदालतलका कर्मचारीहरुले घटनाबारे प्रतिवेदन तयार पारेर त्यसकै आधारमा पनि अवहेलना मुद्दा दर्ता गराएका छन्।
घटनाको विरोधमा शुक्रबार ललितपुर जिल्ला अदालतमा कर्मचारीले सेवा अवरुद्ध पारे।
मकालु खबर
२०८० असार १५ गते
प्रतिक्रिया
सम्बन्धित