नेताज्यूहरू, वर्षभरि नै धान रोपे ‘भारतको गुलाम’ हुनुपर्दैन : बालेन
मकालु खबर
२०८० असार १६ गते
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले राजनीतिक दलका नेताहरूलाई फेरि ‘भारतको गुलाम’को संज्ञा दिएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमार्फत बालेनले नेताहरूलाई वर्षभरि धान रोपे भारतीय गुलाम हुनुनपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘नेताज्यूहरूले यसरी नै वर्षभरि नै धान रोपिदिनुभो भने तपाईँहरू भारतको गुलाम हुनु पर्दैन ।’
बालेनले सामाजिक सञ्जालमार्फत बेलाबेला नेताहरूलाई विभिन्न आरोप लगाउँदै आएका छन् । शुक्रबार धान दिवसको अवसर पारेर केही नेताहरूले किसानहरूको खेतमा गएर धान रोपेका थिए ।
मकालु खबर
२०८० असार १६ गते
प्रतिक्रिया
सम्बन्धित