कोशी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान, ५ दिनको समय
मकालु खबर
२०८० असार १७ गते
काठमाडौँ । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले परशुराम खापुङले आह्वान गरेका छन् ।
उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलहरुको गठबन्धन सरकार गठनका लागि खापुङले आइतबार आह्वान गरेका छन् । उनले सरकार गठनका लागि ५ दिनको समय दिएका छन् ।
यस अनुसार २१ असारभित्र दलहरुले आफ्नो पक्षमा प्रदेश सभा सदस्यको बहुमत पु¥याएर सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने छ ।
गएको शुक्रबार एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारमा विश्वासको मत नपाएपछि उनको सरकार ढलेको थियो ।
मकालु खबर
२०८० असार १७ गते
प्रतिक्रिया
सम्बन्धित