एनआइएमबि एस क्यापिटल लिमिटेडको एकीकृत कारोबार सुरु

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी आवश्यक तयारीपछि सोमबारबाट एकीकृत कारोबार सुरु भएको हो ।

एनआईबिएल एस क्यापिटल लिमिटेडको २९ जेठमा सम्पन्न विशेष साधारण सभाले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय गरेको थियो । गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्वसमेत आफूले सकार्ने निर्णय समेत गरी आवश्यक तयारी पूरा भएपछि सोमबारबाट एकीकृत कारोबार सुरु भएको हो ।

प्राप्तिपछि बनेको एनआइएमबि एस क्यापिटलको चुक्ता पूँजी ४७ करोड हुने, ४ लाख ८५ हजार पुगेको छ । ७ वटा शाखा कार्यालय र ५५ वटाभन्दा बढी कम्पनीको शेयर रजिष्ट्रार कार्यमार्फत करिब २५ लाखभन्दा बढी शेयरधनीलाई सेवा प्रदान हुने कम्पनीले जनाएको छ । यस प्राप्तिपछि हाल सञ्चालन गर्दै आएको मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेण्ट बैंकिंग व्यवसायमा गुणात्मक सुधार हुने र सेवाप्रवाह अझ सुदृढ र सशक्त विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास समेत क्यापिटलले लिएको छ ।

प्राप्तिपछि साविकको एनआईबिएल एस क्यापिटल लिमिटेडको नाम समेत एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट ११ असारमा स्वीकृति प्राप्त भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *