कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि २०८० पारित
मकालु खबर
२०८० असार १८ गते
काठमाडौँ । कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि,२०८० सर्वसहमतिले पारित भएको छ ।
सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सांसद अम्मरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।
समितिको आजको बैठकमा कार्यविधिको मस्यौदामाथि दफादार छलफल गरी कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गरिएको हो। संघीय संसदको प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७८ को उपनियम (७) बमोजिम समितिले उक्त कार्यविधि बनाएर पारित गरेको समिति सभापति थापाले जानकारी दिए ।
समितिको बैठकलाई थप व्यवस्थित,प्रभावकारी र मर्यादित बनाउनका लागि संघीय संसदको प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७८ को उपनियम (७) बमोजिम समितिले कार्यविधि बनाएको हो ।
मकालु खबर
२०८० असार १८ गते
प्रतिक्रिया
सम्बन्धित