बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ
मकालु खबर
२०८० असार १८ गते
काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले रमेशकुमार पोखरेल र देवारायण महर्जनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पोखरेल समर्जिङ कम्पनीका तत्कालिन प्रमुख हुन् भने महर्जन नक्कली मोही रहेका छन् ।
यसअघि बालुवाटार प्रकरणमा आइतबार पनि ३ जना पक्राउ परेका थिए । योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।
मकालु खबर
२०८० असार १८ गते
प्रतिक्रिया
सम्बन्धित