प्रधानमन्त्रीले ४ बजे बोलाए सत्ता गठबन्धनको बैठक
मकालु खबर
२०८० असार १८ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपरान्ह ४ बजे सत्तारुढ दलको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डले बैठक बोलाएका हुन् । समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनभित्रको वर्तमान अवस्थालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
त्यस्तै आजको बैठकमा जनमत पार्टीलाई सरकारमा सामेल गर्न प्रधानमन्त्रीले अध्यक्ष सीके राउतसँग गरेको छलफल र कोशी प्रदेश सरकार गठनका विषयमा समेत छलफल हुने बताइएको छ ।
मकालु खबर
२०८० असार १८ गते
प्रतिक्रिया
सम्बन्धित