जनमत पार्टीलाई पनि सरकारमा ल्याउने गठबन्धनको निर्णय
काठमाडौँ । सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा ल्याउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको हो । समर्थन फिर्ता लिएर बारिने तयारीमा रहेको जनमत पार्टीका अध्यक्ष सिके राउतसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार भेटवार्ता गरेका थिए ।
जनमत पार्टी सरकारले ल्याएको बजेटका विषयमा मात्र असन्तुष्ट रहेको र सरकारमा आउन चाहेकोले सरकारमा ल्याउन खोजिएको सत्ता गठबन्धनका नेताहरुको भनाइ छ ।
जनमतलाई दिने मन्त्रालयका विषयमा टुंगो लागेपछि उसलाई सरकारमा सामेल गराउने र यसको जिम्ममा प्रधानमन्त्रीलाई दिने निर्णय समेत बैठकले गरेको छ ।
त्यस्तै कोशी प्रदेशमा कांग्रेस सदंसदीय दलका नेता उद्धव थापाको नेतृत्वको सरकार गठनका लागि प्रदेशको गठबन्धनलाई सल्लाह दिने निर्णय पनि गठबन्धनले बैठकले गरेको छ ।
बाँकी प्रदेशमा सरकार बाहिर रहेका गठबन्धनका दललाई पनि सरकारमा सहभागी गराउने निर्णय गठबन्धनको छ ।