काठमाडौँका प्रजिअ उपाध्याय सचिवमा बढुवा
मकालु खबर
२०८० असार १९ गते
काठमाडौँ । सरकारले घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निजामति सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
उपाध्याय काठमाडौँका प्रमुख जिल्ला अधिकारी हुन् ।
निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा श्री घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको छ ।’
उनले मन्त्रिपरिषद्ले गरेको अन्य निर्णयको सन्दर्भमा बुधबार सञ्चार मन्त्रालयमा सार्वजनिक गर्ने बताइन् ।
मकालु खबर
२०८० असार १९ गते
प्रतिक्रिया
सम्बन्धित