गगनलाई बालेनको चुनौती-काठमाडौंका विद्यालयमा कांग्रेसका भातृसंस्था छैनन्

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले शैक्षिक संस्थालाई राजनीतिबाट बाहिर राख्नुपर्ने भनेर दिएको अभिव्यक्ति पूरा गर्न आग्रह गरेका छन्।

महामन्त्री थापाले गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउनुपर्ने बताएका थिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिलाई अलग राख्न निर्णायक भूमिका खेल्नुपर्ने बताएका थिए।

थापाले बोलेपछि पुरा गर्न आग्रह गर्दै मेयर बालेनले काठमाडौं महानगर भित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालयमा कांग्रेसको कुनै पनि भातृ संगठन नभएको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘माननीय गगन थापाज्यु, दलको हिजो एक कार्यक्रममा, झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नुभयो, नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भनेपछि, काठमाडौं महानगर भित्रका सबै विद्यालय , शिक्षण संस्था , कार्यलय , सबै तिर काङ्रेस पार्टीको कुनै पनि भात्री सँगठन नभएको घोषणा गर्दछौँ ।’

बालेनले गगनलाई बोलेको कुरा पुरा गर्न पनि आग्रह गरेका छन् । ‘बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यु’, बालेनले भनेका छन् ।

काठमाडौं महानगरका शैक्षिक संस्थामा राजनीतिक गतिविधिलाई अलग राख्न महानगरले प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *