यस्तो छ संसद् बैठकको कार्यसूची
मकालु खबर
२०८० असार २० गते
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ।
मकालु खबर
२०८० असार २० गते
प्रतिक्रिया
सम्बन्धित