एभरेष्ट बैंकद्वारा समता स्कुललाई आर्थिक सहयोग प्रदान

काठमाडौँ । एभरेष्ट बैंकले विरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको समता प्राथमिक विद्यालयलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय भवनको मर्मत सम्भार तथा रंगरोगनका लागि उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ । वीरगन्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका उनीहरुका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउन आर्थिक सहयोग गरेको हो ।

विद्यलाय परिसरमा आयोजित एक समारोहका बिच बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रा उक्त रकमको चेक चेक हस्तान्तरण गरेकी हुन् ।

कैदीबन्दीका छोराछोरीहरुलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ । विद्यालयकी प्रधानाध्यापक मिश्राले एभरेष्ट बैंकको सो सहयोगले कैदीबन्दीका छोराछोरीको शिक्षादिक्षामा थप सहज हुने र सो विद्यालय वीरगञ्ज क्षेत्रकै साझा सम्पती भएकाले सबैले यसलाई जगेर्ना गर्नुपर्ने कुरा उल्लेख गरिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *