जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित
मकालु खबर
२०८० असार २० गते
दाङ । लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।
सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको सञ्चालका लागि अवरोध हटेको थियो ।तर, संसदको सुरुमा विशेष समयमा बोल्दै मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षको माग सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस्पछि सांसद तुलसीप्रसाद चौधरीले बोलेपछि विद्युत् आपूर्ति बन्द भएको थियो । त्यसपछि सभामुखले जेनेरेटरमा आगलागी भएको भन्दै १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
मकालु खबर
२०८० असार २० गते
प्रतिक्रिया
सम्बन्धित