एनरिके पीएसजीको नयाँ प्रशिक्षक

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लुइस एनरिकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

फ्रान्सेली क्लबले स्पेन र बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

एनरिकेले पीएसजीका क्रिस्टाेफ गाल्टियरलाई प्रतिस्थापन गर्नेछन् ।

बार्सिलोनामा पहिलो सिजन बिताएका एनरिकले ट्रेबल उपाधि हात पारेका थिए । उनले पहिलो सिजनमै बार्सिलोनाबाट ला लिगासँगै, कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

उनले पीएसजीसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् । उनले सन् २०२२ को विश्वकपमा अन्तिम १६ को खेलमा मोनाकोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रशिक्षकको भुमिकाबाट राजीनामा दिएका थिए ।

५२ वर्षका प्रशिक्षकले चार वर्ष राष्ट्रिय टिमको जिम्मेवारीमा रहे । उनले दुई पटक स्पेनलाई युरोकपको सेमिफाइनलसम्म पुर्याए । उनले त्यसअघि बार्सिलोना सहित रोमा, सेल्टामा काम गरेका थिए ।

पीएसजीले पछिल्ला पाँच वर्षमा तीन प्रशिक्षक फेरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *