३१ वर्षीय अभिनेता सारुक ताम्राकार मृत भेटिए

काठमाडौँ । अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन् । ३१ वर्षीय ताम्राकार बिहीबार साँझ रातोपुलस्थित आफ्नै निवासमा मृत भेटिएका हुन् ।

फिल्म प्रोडक्सन म्यानेजर अरुण रेग्मीका अनुसार उनी घरको सिडीमा घाटीमा पासो लगाएका अवस्थामा मृत भेटिएका थिए । बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् ।

सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए ।

सारुकको शवलाई पोष्टमार्टमका लागि राती नै टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ । ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिशत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *