माओवादी प्रदेश सचिव लेख्छन्- सभामुखलाई डुबाएर नर्कको यात्रामा सत्तालिप्साका आसक्तहरू !

काठमाडाैँ । प्रदेशसभा सदस्य गणेश उप्रेतीले मुख्यमन्त्री नियुक्तमा असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्र कोशी प्रदेश कमिटीका सचिवसमेत रहेका सदस्य उप्रेतीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार थापालाई सभामुख बाबुराम गौतमकोसमेत समर्थनमा नेपालको संविधानको धारणा १६८ को उपधारा (२) बमोजिम बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । सभामुखमा निर्वाचित भएपछि दल त्यागको घोषणा गरेका सभामुख गौतमले पनि थापालाई प्रदेशसभा सदस्यको रूपमा मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।

यो प्रक्रियाको विरोध भइरहेका बेला मुख्यमन्त्रीमा समर्थन गरेका दलका प्रदेशसभा सदस्यले नै  असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘हुँदा छदाको सभामुखलाई डुबाएर  नर्कको यात्रा सुरु गरे सत्ता लिप्सामा आसक्त भएकाहरूले !!’

यो पनि : कोशीमा सभामुखसमेतको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *