शिव शिखर सहकारीका थप तीनजना पक्राउ
मकालु खबर
२०८० असार २२ गते
एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको शिव शिखर सहकारीका थप तीनजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । रमेश खैजू, शिवप्रसाद पौडेल र रसना शाक्य पक्राउ परेका हुन् ।
खैजू र पौडेल सहकारीको लेखा समिति सदस्य र शाक्य कर्मचारी हुन् । सिआइबीले सहकारीको करिब १४ अर्ब हिनामिनाका नाइके रहेका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई गत साता भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।
भक्तपुरमा केन्द्रीय कार्यालय रही ३५ वटा शाखा रहेको सहकारीले करिब १४ अर्ब निक्षेप हिनामिना गरेको छ। सहकारीको पैसा नियमविपरीत शर्माले आफ्ना निजी कम्पनीमा लगानी गरेर संस्था डुबाएकाे आराेप छ। सहकारीका एक लाखभन्दा धेरै सर्वसाधारणको पैसा डुबेको भन्दै सहकारीविरुद्ध उजुरी परेकाे छ।
मकालु खबर
२०८० असार २२ गते
प्रतिक्रिया
सम्बन्धित