आदिपुरुष लेखक मनोज मुंतशिरले मागे माफी

काठमाडौँ । आदिपुरुषका लेखक म मनोज मुंतशिर शुक्लाले माफी मागेका छन् ।

आदिपुरुष फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै सर्वत्र आलोचना हुदाँ पनि माफी माग्न अस्वीकार गरेका लेखकले अन्ततः एक महिना पछि माफी मागेका छन् ।

‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु,’ उनले ट्विटरमा माफी माग्दै अगाडी लेखेका छन्, ‘भगवान् बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान् देशको सेवा गर्ने शक्ति प्रदान गरुन् ।’

नेपाली चेली सितालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो फिल्म प्रतिबन्ध लगाइएको थियो भने उनले लेखेका संवाद र भिएफएक्सका कारण रामायणका पात्रहरूलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका विभिन्न अदालतमा सो फिल्मविरुद्ध मुद्दा दर्ता भएको थियो ।

टपोरी भाषामा फिल्मका संवाद राखिएको भन्दै विवादमा परेपछि केही संवाद सच्चाए पनि लेखक शुक्लाले आलोचनाहरुको प्रतिवाद गर्दै आएका थिए, जसकाकारण सो फिल्म आफ्नो लगानीसमेत उठाउन नसकेर फ्लप भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *