केपी ओली सत्तामा जान नपाएपछि छटपटिएः घनश्याम भूसाल
मकालु खबर
२०८० असार २३ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा सत्ताबाट झर्नुपरेको छटपटी देखिएको बताएका छन् ।
काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै भूसालले अहिलेको एमालेको संसद अवरोधलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।
‘एमालेको संसद अवरोध बचपना र आग्रहपूर्ण छ’, भूसालले भने, ‘खासगरी ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिरहनु भएको छ, यो अनुचित छ ।’
उनले प्रधानमन्त्रीले पनि औपचारिक र राजनीतिक कुरा मात्र बोल्नुपर्ने बताए ।
मकालु खबर
२०८० असार २३ गते
प्रतिक्रिया
सम्बन्धित