एमालेको अवरोध कायमै, संसद बैठक आज पनि बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आइतबार फेरि स्थगित भएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक अवरोध नगर्ने सहमति नेकपा एमालेले प्रमुख ३ दलको शीर्ष नेताको बैठकमा गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ असारमा आफूले दिएको अभिव्यक्ति सच्याउने बताएपछि बैठक सुचारु गर्न दिने एमालेले जनाएको थियो । तर, पछि फेरि उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्तिप्रति असहमति जनाउँदै एमालेले बैठक सुरुचारु गर्न नदिने अडान लियो । उक्त अडानपछि सूचना टाँसेर बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

१८ असारमा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतको पञ्जावी मूलका व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको भनेर दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको थियो । ३ दिनसम्म लगातार एमालेले बैठक अवरोध गरेपछि आइतबारको बैठक सूचारु गराउन ३ दलका शीर्ष नेताको छलफल भएको थियो । तर, उक्त छलफलपछि पनि बैठकको अवरोध एमालेले कायमै राख्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *