संसदको अवरोध खुलाउन बसेको शीर्ष नेताको बैठक सकियो, संसद सूचारू हुने अपेक्षा
मकालु खबर
२०८० असार २५ गते
काठमाडौँ । संघीय संसदको दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी राखेको अवरोध खुलाउन बसेको प्रमुख ३ दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको बैठकमा संसदको अवरोध खुलाउने विषयमा सहमति भएको बुझिएको छ । तर, एमाले अध्यक्ष ओलीले भने सञ्चारकर्मीको जिज्ञासामा भने ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’
आज ३ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले १८ असारमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर संघीय संसदका दुवै सदको बैठक अवरुद्ध गर्दै आएको छ ।
मकालु खबर
२०८० असार २५ गते
प्रतिक्रिया
सम्बन्धित