संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन सुन्न एमाले तयार, एमाले संसदीय दलको बैठक जारी
मकालु खबर
२०८० असार २५ गते
काठमाडौँ । संसदको अवरोध खुलाउन बसेको प्रमुख ३ दलका शीर्ष नेताको बैठकमा एमालेले प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न दिन तयार भएको छ । १८ असारमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे संसदलाई जानकारी गराउन प्रधानमन्त्रीले गर्न चाहेको सम्बोधनका लागि एमाले संसदको अवरोध हटाउन तयार भएको छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सत्तापक्षीय दुई दलका शीर्ष नेताँसग वार्ता गरेर सहमतिमा पुगेपछि अहिले एमाले नयाँ बानेश्वरस्थित संसद भवनमा संसदको दलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीसहित दुई दलसँग भएका सहमतिबारे ओलीले एमाले संसदीय दलको बैठकमा ब्रिफिङ गरेर संसदमा त्यसै अनसार अघि बढ्ने तयारी गरिएको छ ।
सोमबार ३ बजे प्रतिधि सभा बैठक बस्दै छ ।
मकालु खबर
२०८० असार २५ गते
प्रतिक्रिया
सम्बन्धित