राष्ट्रपतिले टेलिफोन गरेर प्रधानमन्त्रीलाई दिए समवेदना
मकालु खबर
२०८० असार २७ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोनमार्फत समवेदना दिएका छन् । प्रचण्डपत्नी सीता दाहालको बिहान निधन भएको थियो ।
राष्ट्रपति पौडेलले सीताको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै उनले टेलिफोन गरेर समवेदना प्रकट गरेका हुन् । पौडेलले बुधबार बिहान प्रधानमन्त्रीलाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री पत्नी सीताको बुधबार बिहान ८ बजेर ३३ जाँदा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।
मकालु खबर
२०८० असार २७ गते
प्रतिक्रिया
सम्बन्धित