राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि गरिँदै (तस्बिरसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी तथा नेकपा माओवादी केन्द्रकी सल्लाहाकार सीता दाहालको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदै छ ।

दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने दिएको छ ।

आर्यघाटमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव बैकुण्ठ अर्याल, सांसद, सचिव, कुटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित छन् ।

सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *