सीता दाहाललाई पति प्रचण्ड र दुई छोरीले दिए दागबत्ती
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । उनको पार्थिक शरीरमा नेपालको राष्ट्रिउ झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो ।
सीताको पार्थिव शरीरमा पति प्रचण्डले दागबत्ती दिएका छन् । प्रचण्डसँगै उनका दुई छोरीहरु रेणु र गङ्गा दाहालले आमा सीता दाहालको पार्थिक शरीरमा दागबत्ती दिएका छन् ।
बुधबार बिहान ८:३३ बजे नर्भिक हस्पिटलमा निधन भएकी सीता दाहालको शवलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्याइएको थियो । पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो ।
त्यस्तै, आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थिति थियो ।