ललिता निवास जग्गा प्रकरण समरजंग कम्पनीका सहलेखापाल पक्राउ
मकालु खबर
२०८० असार २७ गते
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकार जग्गा व्यक्तिको नाममा किर्ते गरी पास गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले उनलाई बुधबार चावहिल क्षेत्रबाट पक्राउ गरेको हो ।
यसअघि पक्राउ परेका १४ जनासहित मुद्दामा पक्राउ पर्नेको संख्या १५ पुगेको छ ।
ललिता निवासको १४३ रोपनी जग्गा गृह मन्त्रालय मातहतको तत्कालिन समरजंग कम्पनीको नाममा थियो । उक्त जग्गा गुठी तथा व्यक्तिका नाममा लान उक्त कम्पनीका तत्कालिन कर्मचारीसमेत संलग्न देखिएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
मकालु खबर
२०८० असार २७ गते
प्रतिक्रिया
सम्बन्धित