दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न कोशी सरकारलाई सर्वोच्चको अन्तरिम आदेश
मकालु खबर
२०८० असार २७ गते
काठमाडौँ । सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न नगराउन कोशी प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाएर दिएको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको इजलाशले यस्तो आदेश दिएको हो ।
कोशीमा मुख्यमन्त्री कार्कीलाई अपदस्त गरी उद्धब थापाको नेतृत्वमा बनेको सरकारलाई बहुमत पूरा नपुगेपछि प्रदेशका सभामुख समेतको हस्ताक्षरबाट बहुमत पुर्याइएको थियो ।
सभामुख तटस्थ रहनुपर्ने र सरकार निर्माणमा सभामुखले समर्थन दिन नमिल्ने तर्कसहित हिकमत कार्की अदालत गएका थिए ।
यस्ताे छ आदेश
मकालु खबर
२०८० असार २७ गते
प्रतिक्रिया
सम्बन्धित