साम्राज्ञीसँग मुद्दा हारे भुवन केसी
अभिनेता भुवन केसीले हालेको मुद्दामा अदालतले अभिनेतृ साम्राज्ञी राज्य लक्ष्मी शाहको पक्षमा फैसला गरेको छ।
केसीले अभिनेत्री साम्राज्ञीविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७७ साउन ९ गते मुद्दा दायर गरेका थिए।
गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले तीन वर्षपछि बुधबार फैसला गरेको हो। केसीको दाबी नपुग्ने फैसला गरेसँगै भुवनले मुद्दा हारे भने साम्राज्ञीले जितिन्।
भुवनले साम्राज्ञीसँग १० करोड क्षतिपूर्ति माग गरेका थिए। बुधबार अन्तिम सुनुवाइ न्यायाधीश वासुदेव पौडेलको इजलासमा भएको थियो ।
साम्राज्ञीले सामाजिक सञ्जालमार्फत भुवनले आफूलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्।
त्यसपछि भुवनले साम्राज्ञीले आफूलाई जथाभावी आरोप लगाएर गाली बेइज्जती गरेको भन्दै १० करोड क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेका थिए । तर यो फैसलासँगै भुवनले क्षतिपूर्ति वापत एक रुपैयाँ पनि नपाउने भएका हुन्।