पत्रकार सिबेन्द्र रोहितामाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग

अनियमिताको समाचार लेखेको विषयलाई लिएर मकालु खबर डटकमका मधेश प्रदेश प्रमुख पत्रकार सिबेन्द्र रोहितामाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशका प्रवक्ता रंजीत रामले बुधबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही र पीडित पत्राकारलाई न्याय दिन प्रशासनसँग माग गरेका छन्।

असार २५ गते बेलुका धनुषाको भानुचोकमा पत्राकार शिवेन्द्रमाथी आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते उनको काठमाडौंमा उपचार भइरहेको छ।

आक्रमणमा संलग्नलाई कारबाही गर्न प्हरीले आनाकानी गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताइरहेको छ।

यसअघि पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले पनि प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार रोहितामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्। उनले घटनाका दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेकी छन्।

सिवेन्द्रले धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादवको रवैयाको बारे समाचार लेखेका थिए। सोही समाचारको विषयमा गाउँपालिकाकै गाडी प्रयोग गरेर आएका उनका आफन्तसहित गुण्डाको समूहले आक्रमण गरेको हो। आक्रमण अघि उक्त समुहले उनलाई धम्की समेत दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *