दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाइ उद्दार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाइ उद्दारमा बजेट अभाव नभएको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धार गर्न बजेटको कमी नरहेको बताएका हुन् । उले आगामी आर्थिक वर्षमा सो कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गरे । उनले मन्त्रालयले हालसम्म ५३६ जनाको हवाइ उद्धार गरिसकेको जानकारी दिए । मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने काम अघि बढिरहेको पनि बताए ।
उनले मन्त्रालयले दिएको सशर्त अनुदानको प्रभावकारीताको अनुगमन गरिने समेत बताए ।
उनले भने, ‘हालसम्म ५३६ जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवति तथा सुत्केरी महिलाको हवाइ उद्धार गरी महिलाको जीवन रक्षामा सहयोग गरिएको अवस्था छ । आगामी आर्थिक वर्षमा कार्यक्रमको प्रभावकारिता अध्ययन गरी उक्त परियोजनालाई थप परिमार्जन गरी निरन्तरता दिने कार्यक्रम छ । यस कार्यक्रममा बजेटको कमी नरहेको जानकारी गराउन चाहन्छु । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने कार्य अगाडी बढिरहेको छ । संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यलाई प्रभावकारी गराउन अन्तरतह समन्वय कार्यक्रम सञ्चालन गर्ने र मन्त्रालयबाट सञ्चालित कार्यक्रम र प्रवाह गरिएको सशर्त अनुदानको प्रभावकारीता सम्बन्धमा अनुगमन गर्न अन्र्तमन्त्रालय एकीकृत अनुगमनको कार्यक्रम रहेको छ ।’