युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दै रुसी दूतावासअगाडि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । रुसले युक्रेनमाथिको गरिरहेका आक्रमण तत्काल रोक्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौँस्थित रुसी दूताबासअगाडि विरोध प्रदर्शन गरेको छ ।

समाजका केन्द्रीय सभापति सभापति रामकृष्ण बरालको नेतृत्वमा भएको उक्त प्रदर्शनमा मानव अधिकारकर्मी कृष्ण पहाडी, समाजका पूर्व सभापति उत्तर पुडासैनीलगायतका अधिकारकर्मीको उपस्थिति थियो ।

समाजले रुसी दूतावासमार्फत भ्लादिमिर पुटिनलाई पत्र पठाउँदै तत्काल युद्ध रोकेर शान्ति कायम गर्न आग्रहसमेत गरेको छ ।

आज नेपालस्थित रुसी दूतावासअगाडि युद्ध तत्काल रोक्न र शान्तिवार्तामा आउन दवाब दिने उदेश्यसहित मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको हो ।

नेटोसँग सम्बन्ध नजिक बनाएको भन्दै रुसले युक्रेनमाथि २४ फेब्रुअरी २०२२ मा सैनिक आक्रमण सुरु गररेको थियो । युद्ध सुरु भएको ५०५ दिन भइसक्दा पनि अझै युद्ध रोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *