मकालु खबरकर्मी सिबेन्द्र रोहितामाथि आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग
मकालु खबर
२०८० असार २८ गते
काठमाडौँ । गाउँपालिकामा भएको अनियमिताका विषयमा समाचार लेखेकै आधारमा मकालु खबर डटकमका मधेश ब्युरो प्रमुख सिबेन्द्र रोहितामाथि भएको सांघातीक आक्रमणको पत्रकार महासंघले विरोध जनाएको छ ।
उक्त विषयमा बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघले आफ्नो ध्यानकर्षण भएको जनाएको हो ।
कुनै पनि बहानामा सञ्चारकर्मीमाथि यस किसिमले आक्रमण हुनु निन्दनीय र प्रेसविरोधी काम भएको महासंघका सचिव गोविन्द्र प्रसाद चौलागाईँले उल्लेख गरेका छन् ।
महासंघले घटनाको छानविन गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
सम्बन्धित समाचार
मकालु खबर
२०८० असार २८ गते
प्रतिक्रिया
सम्बन्धित