सरकारको सुशासन अभियानले बिश्राम लिनेछैन : मन्त्री श्रेष्ठ

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अघि बढाइरहेको बताए । उनले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वशर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने बताए । उनले निर्दोष नफसुन् र दोषी नछुटुन् भन्ने मान्यता अख्तियार गरिएको उल्लेख गरे । मन्त्री श्रेष्ठले धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानून हुँदैन भन्ने कुरामा सबैको ध्यानाकर्षण गराए ।

उनले प्रहरी समायोजनको प्रक्रिया अघि बढाउन र टुंगोमा पुर्‍याउन सरकार दृढ रहेको बताए ।

उनले भने, ‘सरकार प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाउन, टुंगोमा पु¥याउन दृढ छ । सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर हामी अगाडी बढाइराखेका छौँ । र सुशासनको सन्दर्भमा सम्पूर्ण देशले र यो सदनका सम्पूर्ण माननीयज्युहरुले पनि जुन प्रकारको समर्थन व्यक्त गर्नुभएको छ, त्यसको म उच्च मूल्यांकन गर्न चाहान्छु र हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यसले बिश्राम लिने छैन । हामी देशको समृद्धिको लक्ष्य हासिल गर्न सुशासन एकप्रकारको पूर्वशर्त हुन गएको कुरालाई आत्मसात गरेका छौँ । त्यस अन्तर्गत हामी अझपनि अगाडी बढ्छौँ । निर्दोष कुनैपनि हालतमा नफसुन् । दोषि, अपराधि कुनैपनि हालतमा नछुटुन् भन्ने मान्यता हामीले अख्तियार गरेका छौँ । त्यो मान्यताअन्तर्गत काम अगाडी बढ्ने छ । धनि र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानून हुँदैन भन्नेकुरा म ध्यानाकर्षण गराउन चाहन्छु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *