दासढुङ्गामा ४० यात्रु सवार बस खस्यो (नामावली)

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका-२९ दासढुङ्गामा बागमती प्रदेश०१-००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

काँकडभिट्टाबाट काठमाडौँका लागि छुटेको बस आज बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितकाअनुसार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार रहेको प्रवक्ता पण्डितले जानकारी दिए ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ ल्याइएको छ । अन्य यात्रु सामान्य घाइते छन् ।

मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका घाइतेको विवरण:

१. भारत सिलगुडी बस्ने वर्ष ६० की कमला सुब्बा, सामान्य ।
२. भारत सिलगुडी बस्ने वर्ष ४४ की लक्की सुब्बा,मध्यम ,।
३. जि.मोरङ हरैचा न.पा.३ बस्ने वर्ष २३ को सुसान्त सुब्बा,सामान्य ।
४. ऐ. हरैचा ८ बस्ने वर्ष ३४ की सुनिता लामिछाने, सामान्य ।
५. जि.सुनसरी बस्ने वर्ष ४० की सङ्गीता मगर,सामान्य ।
६. जि.झापा मेची न.पा.११ बस्ने वर्ष ३२ की सुमिमा राई, मध्यम ।
७. जि.भक्तपुर भक्तपुर म.न.पा.१ बस्ने वर्ष ३० को मिलन तामाङ,सामान्य ।
८. जि.ललितपुर गोदावरी न.पा.७ बस्ने वर्ष २७ को सुमन लामा,सामान्य ।
९. जि.भोजपुर अरुण गा.पा.१ बस्ने वर्ष २९ को नन्द बहादुर पाण्डे, सामान्य ।
१०. ऐ. बस्ने वर्ष १९ को लीला बहादुर पाण्डे, सामान्य ।

भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको घाइतेहरुः

१. सहचालक जि.सर्लाही लामबन्दी न.पा.१० बस्ने वर्ष ३६ को विक्रम मगर, सामान्य ।
२. कन्टेक्टर जि.धादिङ निकण्ठ ७ बस्ने वर्ष ३६ को दिल बहादुर श्रेष्ठ, सामान्य ।
३. बसमा सवार जि.सुनसरी रक्तमाला न.पा.५ बस्ने वर्ष २९ की मनिका राई, सामान्य ।
४. बसमा सवार जि.मोरङ हरैचा न.पा.५ बस्ने वर्ष २५ की कल्पना राई, सामान्य ।
५. ऐ. बस्ने वर्ष २५ की सपना राई, सामान्य ।
६. जि.धनकुटा सहिदभुमी गा.पा.४ बस्ने वर्ष ३८ की विश्वलक्ष्मी राई, सामान्य ।
७. निजकै छोरी वर्ष ४ की दिव्या राई, मध्यम ।
८. बस चालक जि.मकवानपुर हेटौँडा उ.म.न.पा.२ बस्ने वर्ष ३७ को बादल
९. धादिङ रुबीभ्याली गा.पा.४ बस्ने वर्ष ३२ को दीपक तामाङ, सामान्य घाइते

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *