भारतले चन्द्रमातर्फ पठायो चन्द्रयान–३
एजेन्सी । भारतले शुक्रबार चन्द्रमातर्फ चद्रयान–३ मिशन पठाएको छ । स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान–३ नाम दिइए उक्त यानलाई रकेटमार्फत चन्द्रमामा पठाएको हो ।
योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ ।
चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ। यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पुर्याउन सकेका छन्।
भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो । सन् २००८ मा भारतले चन्द्रयान–१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन ।
सन् २०१९ मा भारतले पठाएको चन्द्रयान–२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो। अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो ।
चन्द्रयान–३ को तौल ३ हजार ९ सय किलोग्राम छ भने यो बनाउन ६.१ अर्ब भारतीय रुपैयाँ लगानी भएको छ ।