इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान ‘ए’सँग नेपाल ४ विकेटले पराजित
मकालु खबर
२०८० असार २९ गते
काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । नेपाल ४ विकेटले पराजित भएको हो ।
श्रीलंकामा भएको खेलमा नेपालले जितका लागि दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर १८१ रन बनायो ।
पाकिस्तान ‘ए’का लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्का हान्दै ५१ रन बनाए । त्सस्तै कमरान गुलामले २६ बलमा ३१ रनको योगदान गरे ।
नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १७९ रनमा समेटिएको थियो ।
बलर सोमपाल कामीको एकल प्रदर्शनको भरमा पाकिस्तान ‘ए’विरुद्धको खेलमा नेपालले १७९ रन बनाएको थियो ।
सोमपालले ७५ रनको योगदान गरे । नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो ।
मकालु खबर
२०८० असार २९ गते
प्रतिक्रिया
सम्बन्धित