लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार आचरण लोकतान्त्रिक हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ले कतिपय गरिबीको रेखाुमनी रहेका नागरिकहरुले आधारभुत अधिकारसमेत नपाइरहेको बताउनु भयो । उहाँले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताउनु भयो । अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सिमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताए । उनले यसका लागि राज्यका सबै तहका नागरिकहरुले झक्झक्याउनुपर्ने बताए ।

अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनी ठूलो संख्या रहेकाले सबै मिलेर उनीहरुलाई आधारभूत अधिकार दिलाउनुपर्ने बताए ।

उनले भन्ने, ‘लोकतन्त्र, आचरण, व्यवहार, जीवनपद्धति, राज्यको शैलीमा, राज्यको कार्यशैलीमा हुनुपर्छ लोकतन्त्र । साइन बोर्डमा, प्रणालीमा लोकतन्त्र भनेर मात्रै हुँदैन । तसर्थ आज पनि मानव अधिकारका निम्ति प्रयास गर्नुपर्ने जरुरी छ । एउटा हामी हरेकले प्रयास गर्नुपर्ने छ र अर्को सरकारलाई भन्नुपर्ने छ । हामी जो जहाँ छाैँ, त्यहाँबाट प्रयास गर्नुपर्छ । अर्को सरकारलाई हामीले भन्नुपर्ने, देखाउनुपर्ने, दबाब दिनुपर्ने अवस्था छ, जब निरपेक्ष गरिबीको रेखामुनि अहिले पनि ठूलो प्रतिशतको जनसंख्या छ । निरपेक्ष गरिबीको रेखामुनि । अहिले पनि देशमा भोकमरीको स्थिति छ । निरपेक्ष गरिबीको रेखामुनी र बहुआयामिक गरिबीको रेखामुनी एउटा ठूलै हिस्सा समाजको अहिले पनि छँदै छ भने मानव भएर बाँच्न पाउने आधारभुत अधिकार प्राप्ति नै भएको छैन । आधारभुत अधिकार नै प्राप्त भएको छैन भने अरु अधिकार कहाँबाट आउँछ । घरको जग नै बनेको छैन भने माथिल्लो तला कसरी बन्छ ? मानव अधिकारको जग नै कमजोर छ । मानिसले बाँच्न पाउने अधिकार हो । बाँच्न पाउने खान पाउने अधिकारबाट मानव अधिकार सुुरु हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *