बंगलादेशलाई टाइब्रेकरमा हराउँदै नेपालले जित्यो सिरिज, अन्जनाले बचाइन २ पेनाल्टी

नेपालले बंगलादेशमा जारी मैत्रीपूर्ण फुटबलको सिरिज आफ्नो पक्षमा पारेको छ। दोस्रो खेलमा टाइब्रेकरमा पराजित गर्दै नेपालले सिरिज जितेको हो।

नेपालको जितमा वैकल्पिक गोलरक्षक अन्जना राना मगरको महत्वपुर्ण योगदान रह्यो। उनले दुई पेनाल्टी जोगाउँदै नतिजा नेपालको पक्षमा पारिन्।

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएपछि सिधै टाइब्रेकरबाट निर्णय लिइएको हो ।

टाइब्रेकरमा नेपाल ४–२ ले विजयी भयो । यसअघि पहिलो खेल १–१ को बराबरीमा सकिएको थियो ।

टाइब्रेकरमा दुई पेनाल्टी बचाएकी अन्जना ९० औं मिनेटमा कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी थिइन्।

No photo description available.
गोलरक्षक अन्जना राना मगर।

नेपालका लागि टाइब्रेकरमा सावित्रा भण्डारी र हिरा भुजेलले सुरुवाती दुई प्रहारमा गोल गरे। बंगलादेशका सम्सुन्नाहारले पहिलो प्रहार गोल गर्दा गोलरक्षक अन्जना राना मगरले शेउली अजीमको दोस्रो प्रहार विफल पारिन्।

नेपालका लागि अन्जना रानामगरको प्रहार पोस्टमा लागेर गोल नहुँदा उनैले मारिया मान्डाको प्रहार विफल पारिन्।

दिपा शाहीले नेपालका लागि गोल गर्दा बंगलादेशका लागि मोनिका चक्माले चौथो प्रहारमा गोल गरिन् ।

अनिता केसीले पाँचौ प्रहारमा गोल गर्दा नेपालको जित सुनिश्चित भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *