सवारी भाडा ३ प्रतिशतले घट्यो, यस्तो छ नयाँ भाडा दर

काठमाडौँ । स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा आएर पेट्रोलियम पदार्थ को मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । आइतबारदेखि पेट्रोलियम पदार्थको भाडादर घटेको हो ।
इन्धनको मूल्य घटेपछि यातायात व्यवसथा विभागले पनि चालू दरमा ३ प्रतिशतले कमी हुने गरी सवारी घाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटेको छ। त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराइमा ३.०९ प्रतिशतले भाडा घटाएको हो ।

पेट्रोलियमको मूल्यमा ५ प्रतिशतसम्म घटबढ भएको अवस्थामा सवारी भाडादर समेत समायोजन गर्ने व्यवस्था छ । नयाँ भाडादर सोमबारदेखि नै कार्यान्वयनमा आएको छ ।

यस्तो छ नयाँ भाडा दर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *