ललिता निवासका बन्दीको रिटमा भोलि पनि सुनुवाइ हुने
ललिता निवास जग्गा अनियमितता प्रकरणका चार आरोपितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार पनि सुनुवाइ हुने भएको छ।
सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हो। अब मंगलबार बाँकी सुनुवाइ हुने र आदेश आउने इजलासले जानकारी गराएको छ।
कानुन व्यवसायीलाई मंगलबार समयमै बहअस टुंग्याउन भनिएको छ। पक्राउ परेका ४ जनाले बन्दी प्रत्यक्षीकरण रिट दिएका छन्।
सचिव कृष्णबहादुर राउतले असार २७ गते र व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार साह र पूर्वकर्मचारी धर्मप्रसाद गौतमले असार १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।
उनीहरु थुनामा परेको २० दिन बित्दा पनि अदालतमा टुंगाने लागेको छैन। प्रहरीको केनद्यि अनुसन्धान ब्यूरोले किर्ते र संगठित अपराधको कसुरममा अनुसन्धान गरिरहेको छ। यो कसुरमा बढीमा ६० दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ।
तर यसअघि अदालतले नै यो मुद्दाका १७ जना पक्राउ नगर्न अन्तरिम आदेश दिएपछि प्रहरीले त्यो आदेश खारेज गर्न माग गरेको छ। त्यो र पक्राउ नगर्न अन्तरिम आदेश जारी भएको रिट पनि एकसाथ सुनुवाइ भइरहेको छ।