टिप्पणी : करार कर्मचारीको के काम ?
देशभरका विभिन्न सरकारी निकायमा ६५ हजारभन्दा बढी करार कर्मचारी छन् । कार्यालयका हाकिमहरूले आफ्ना आफन्तलाई करारमा राखेको आरोप लाग्दैआएको छ । महानिर्देशक, निर्देशक, सचिव, कार्यालय प्रमुखले करारको नाममा धमाधम आफ्ना आफन्तलाई जागिर खुवाएका उदाहरण छन् । करारमा बसेका कर्मचारी पनि कर्मचारी हुन् र ? यो प्रश्न लामो समयदेखि उठेको छ ।
किनकि सरकारी कार्यालयमा करार कर्मचारीको कुनै काम नै छैन । बिहान १० बजे हाजिर हुनुपर्ने कर्मचारी १२ बजे हल्लिँदै आउँछन् । ३ बजेसम्म गफ ठोक्छन् अनि घरतिर दौडिन्छन् । कार्यालयमा एक हजारको सामान किन्यो भने पाँच हजारको बिल बनाउँछन् । नयाँ सामान त देख्नै हुँदैन । चोरेर घरतिर दौडाइहाल्छ । सरकारी कार्यालयमा जागिरे पिउनदेखि हाकिमसम्म उस्तै खराब शैलीका छन् । कार्यालयको सामान घर लैजान यिनीहरूलाई कसैले भ्याउँदैन । घुस खान त तल्लादेखि माथिल्ला तहसम्मका कर्मचारी एक नम्बरका हुन्छन् । सरकारी गाडी दुरुपयोग गर्नु र गफ ठोकेर दिन कटाउनु त यिनीहरूको स्वभाव नै भइहाल्यो ।
करारमा काम गर्नेले त तलब पचाउनका लागि मात्रै जागिर खाएका हुन् भन्ने त स्पष्ट छ । आफ्नो आफन्तको आडमा भित्रिएकाहरूलाई काम गरे/नगरेपनि के मतलब ? तर, राष्ट्रसेवक भनिएका सरकारी कर्मचारी पनि त्यस्तै भइदिए । उनीहरूले राष्ट्र र जनताका लागि नभई आफ्नो व्यक्तिगत स्वार्थका लागि जागिर खाएको प्रष्टै हुन्छ । सरकारले त्यत्रो सेवासुविधा दिँदादिँदै पनि भ्रष्टाचार गर्छन् । छिटोछरितो जनताको काम गर्दैनन् । सरकारी सम्पत्तिको दुरुपयोग गर्छन् ।
कतिपय सरकारी कर्मचारीहरू ‘घुसखोर’ बनिदिए । सरकारी जग्गा हिनामिनादेखि लिएर भुटानी शरणार्थी प्रकरणमा सरकारी कर्मचारीहरू मुछिए । योभन्दा लाजमर्दो कुरा के होला ? राष्ट्रसेवक भनिएकाहरूले राष्ट्रमाथि घात गर्दै आएका छन् । जति नै सुकिलामुकिला बनेपनि यिनीहरूभन्दा बढी इज्जत बाटोमा खाली खुट्टा भारी बोक्नेहरूको छ । जे भएपनि तिनले राष्ट्रमाथि घात त गरेका छैनन् । सरकारी कर्मचारीहरू ‘दिन कटाउने र माना पचाउने’ काम मात्रै गरिरहेका छन् । आधा दिन ढल्केपछि कार्यालय आउने अनि घण्टौँ तारको टेलिफोनमा झुण्डिने । कार्यालयमै टिकटक बनाउने । हाकिमको कोठामा चिप्लो घसेर बस्ने । अनि जनताले तिरेको कर सदुपयोग भयो त ? जनताले सेवासुविधा पाए ? कार्यालयमा टिकटक बनाउन नपाइने भनेर सरकारले निर्णय गर्न ढिलाइ भइसकेको छ । सरकारी कार्यालय ‘चिडिया खाना’ झैँ देखिन्छ ।
कर्मचारीहरूको कपाल रंगीचंगी हुन्छ । हातखुट्टाभरी ट्याटु हानेका हुन्छन् । कर्मचारीहरू कोही पनि ड्रेमा आउँदैनन् । कोही जिन्स पाइन्ट लगाएर आउँछन्, कोही हाफ कट्टु । कुन कर्मचारी, कुन सर्वसाधारण ? चिन्नै महाभारत हुन्छ । सरकारी कार्यालयमा अनुशासन नै भएन । जे मनलाग्यो त्यही गरेको छ । सरकारका कर्मचारी त्यस्ता छन् अनि जनताले के सिक्ने ? प्रहरीसमेत टिकटक बनाएर बस्छन् । ड्युटीमा खटिनुपर्ने प्रहरी अधिकृत मोबाइलमै व्यस्त हुन्छन् ।
सार्वजनिक ठाउँमा धूम्रपान गर्यो भने जरिवाना र कैद सजाय हुन सक्छ । तर, सरकारी कार्यालयमै सरकारी कर्मचारी धूम्रपान गर्छन् । चुरोट खान्छन्, पान खान्छन् अनि खोइ त नियम कार्यान्वयन ? नियम सधैँ सरकारी कर्मचारीलाई मात्रै हो ? सरकारी कार्यालयमा भएकै क्यान्टिनमा चुरोट, रक्सी बेच्ने राखेको हुन्छ । दिउँसै कार्यालयमै रक्सी खाइदिन्छन् । सरकारी कर्मचारीले नै सरकारले बनाएको कानुन टेरेका छैनन्, जनताले के टेर्छन् ? आफूले के गर्नुहुन्छ ? के गर्नुहुँदैन ? सोच्नुपर्ने कुरा हो ।
वास्तवमा भन्ने हो भने सरकारी कर्मचारीको आचरणमा कहिले सुधार नआउने भो । सरकारी कर्मचारी कहिले पनि जनतालाई राम्रो बोलीबचन गर्दैनन् । सीधासाधी जनता काम लिएर गए भने अड्काएर राखिदिन्छन् । तर, त्यही ठाउँमा दलाली गयो भने हजुर, तपाईँको सम्मान पाउँछन् । किन कि उनीहरूले घुस दिन्छन् । घुस पाएपछि नहुने काम पनि हुन्छ, सरकारी कार्यालयमा । जनताहरू सरकारबाट पाउनुपर्ने निःशुल्क सेवाबाट समेत वञ्चित भइरहेको अवस्थामा सरकारी कर्मचारीहरू पैसा खाएर नहुने काम पनि गर्दै आएका छन् ।
अहिले मुलुकमा गम्भीर आर्थिक संकट देखिएको छ । अर्थतन्त्र डामाडोल छ । विदेशी ऋण थपिएर साँवाब्याज नै तिर्न नसक्ने अवस्थामा सरकार पुगिसकेको छ । यो अवस्थालाई मध्यनजर गरेर पनि करारका कर्मचारी कटौती गर्नुपर्छ । सरकारी कर्मचारीको सङ्ख्या पनि घटाउनुपर्ने देखिएको छ । कर्मचारीलाई दिइँदै आएको सेवासुविधा घटाउनुपर्छ । पेन्सन, भत्ता पनि कटौती गर्नुपर्छ । कुनै प्रतिफल बिनै करारका कर्मचारी पाल्नुपरेको छ । काम नै नगर्नेलाई किन जनताले तिरेको कर खुवाउने ?
अब पनि करारका कर्मचारी नहटाउने हो भने सरकारले खर्च धान्न सक्दैन । विदेशीसँग ऋण लिएर यिनीहरूलाई मासिक तलब खुवाउनुपर्ने हुन्छ । जनताबाट चुनिएर आएका सांसदहरूले सेनाको सङ्ख्या घटाउनुपर्ने माग सदनमा राखिसकेका छन् । करारका कर्मचारी पनि हटाउनुपर्छ भनेर माग उठाउनुपर्छ । जनताले तिरेको करले नधानेपछि सरकारले विदेशी ऋण लिएर सेना र करारका कर्मचारीलाई तलब दिइरहेको छ । पेन्सन पनि ऋणले नै धानिरहेको छ ।
तर, यो कतिन्जेल चल्छ ? विदेशीबाट हात फैलाएर देश कहिलेसम्म चलाउने ? गम्भीर प्रश्न खडा भएको छ । सधैँभरि विदेशीको अगाडि हात फैलाउनुको साटो सेना र करारका कर्मचारी हटाउने भनेर निर्णय गर्नुपर्यो । प्रगति केही छैन, बेकारमा बसिबसी तलब खुवाउनुपरेको छ । जनता ऋणको भारी बोक्छन्, खानेचाहिँ यिनीहरू । पेन्सन दिने सिस्टम नै गलत भयो । बाचुन्जेल त उसले पेन्सन खान्छ, मरेपछि पनि उसको श्रीमान्–श्रीमतीले पेन्सन खान्छ ।
उसले सित्तैमा काम त गरेको थिएन । सरकारले मासिक तलब दिन्छ । जागिर खाँदा उसले घुस पनि खान्छ । अनि अवकाशपछि पनि पेन्सन, मरेपछि पनि पेन्सन । राजाको पालाको निर्णयको अहिलेसम्म चली नै रहेको छ । यदि पहिलेकै ऐन कानुनअनुसार चल्ने हो भने लोकतन्त्र, गणतन्त्र किन ल्याएको ? १७ हजार नेपाली किन मारेको ? परिवर्तन ल्याउन भनेर हतियार उठाएको होइन ? अनि कहाँ आयो त परिवर्तन ? पूरानै सिस्टममा देश चलिरहेको छ ।
सरकारी कर्मचारीको पेन्सन र भत्ताको नाममा खर्बौँ रुपैयाँ खर्च भइरहेको छ । ज्येष्ठ नागरिक भत्ता किन दिनुपर्यो ? काठमाडौँमा चार वटा घर भएकाले भत्ता बुझिरहेका छन् । सरकारले ज्येष्ठ नागरिक भत्ता पनि कटौती गरिदिनुपर्यो । बरु, स्वास्थ्य र शिक्षालाई थप प्रभावकारी बनाऔँ । पेन्सन र भत्तामा खर्च हुने रकमले शिक्षा र स्वास्थ्यका लागि चाहिने पूर्वाधारहरू बनाऔँ । सबैले निःशुल्क शिक्षा पाउनुपर्छ, स्वास्थ्यमा सबैको पहुँच हुनुपर्छ । सरकारी कर्मचारीहरू इमानदार भइदिएको भए आज मुलुकको अनुहार नै फरक हुन्थ्यो ।
जनताहरू खाली खुट्टा हिँडेका छन् तर कसैलाई मारेर खाएका छैनन् । दिनभरि नङ्ग्रा खियाएर ल्याएको ज्यालाले बिहान-बेलुकाको छाक टार्छन् । सरकारले सरकारी कर्मचारीलाई तलब दिन्छ, सेवासुविधा दिन्छ, तैपनि यिनीहरू घुस खान छोड्दैनन् । नेपालको अर्थतन्त्र श्रीलंकाकै बाटोमा छ । सरकारले घोषणा नगरेपनि बजारको अवस्थाले त प्रष्टै देखाउँछ । जटिल अवस्था देखिँदासमेत सरकारी कर्मचारीहरू मौन छन् । हामीलाई तलबभत्ता चाहिँदैन, पहिले अर्थतन्त्र जोगाऔँ भनेर कुनै कर्मचारीले भनेका छन् ?
बरु, कसरी हुन्छ बढीबढी खानतिर दौडिरहेका छन्, यिनीहरू । २० जनाको बैठक बस्यो भने ५० पोका खाजा मगाउँछन् । त्यहाँ एक–एक पोका खान्छन्, अरू घरतिर दौडाउँछन् । सरकारी गाडी प्रयोग गरेर आफन्तलाई ड्राइभिङ सिकाउँछन् । नयाँ गाडी ठोक्काएर काम नै नलाग्ने बनाउँछन् । वर्कसपमा लगेर एक लाख तिरेर बनाउँछन् । बिल पेश हुन्छ पाँच लाखको । राजनीतिक पार्टीको झोले बनेर हिँडेका सरकारी कर्मचारी राष्ट्रको ढुकुटीमा ‘साप’ बनेका छन् ।
जनताबाट नङ्गिसकेका यिनीहरू राजनीतिक पार्टीकै आडमा टिकेका छन् । सरकारी कर्मचारी मात्रै होइन, आर्मी पुलिसमा समेत राजनीति घुसेको छ । यिनीहरूले के जनताको सेवा गर्नु, के देशको रक्षा गर्नु ? अब जनताहरू सचेत हुन जरुरी छ । सरकारी कर्मचारीको विरोधमा जनता सडकमा आउनुपर्छ । भ्रष्टाचारीहरूलाई जनताले नै कानुनको दायरामा ल्याउनुपर्छ । जनताले तिरेको कर त खाएखाए, देश धितो राखेर यिनीहरूले खान पाउँदैनन् । विदेशीसँग लिएको ऋण २२ खर्ब पुगिसक्यो, एक जना नेपालीको टाउको ९० हजार रुपैयाँ ऋणको भारी छ । यत्रो पैसा कहाँ गयो ?
रिसर्च विनाको हावा र पुर्वाग्रहीपूर्ण खराव मनस्थितिबाट गरिएको टिप्पणी । जतिपनि प्रवत्ति उल्लेख गरिएका छन् यी सबै खराव कर्मचारिका प्रवित्ती हुन् चाहे स्थायी होस् या करार। यसरी करारलाई मात्र तोकेर लेख्नु अन्याय हो। online portal हरूलाई यस्तो लेखहरू filter गरेर मात्र publish गर्न आग्रह।
Ahile ta sabai ofc haru karar ka karmchari le nai dhane ko xa hjaur.naam nikaler aaune haru ta ofc ma kaha kaam garxan ra uni haru ta guff layar basxan.karar ko karmchare vayna vane ta sabai sarkari ofc haru ko k halat hunxa tapai aafai bichar garnu.
Hajur lekai tippani dherai nai ramro sambhondhn garinchha. Tar karar ko karmchari le garda desko bhurukuti samapt bhai raheko ta?aakha anyale hernu karar ko staf timely present hunxa wahako samjauta ma bida pani hudain ,birami bhaye pani office ma kam garnai parchha. Kinki waha lai jagir ko dar hunchha taysaima parmnent le ali ater pani gariraheko hunx.berojgari desma kaha jane ke garne. Kasiko pet ke sawal xa.
कर्मचारीहरू स्थायी भन्दा करारका नियुक्ती गर्नु उपयुक्त हुन्छ,,, करारकालाइ जागिर जाने डरले हरेक कुरामा सजग भै काम गर्छन तर स्थायी लाहाछाप लागेकालाइ के काे मतलब????
करार को सब 99% पावरले जबमा हुन्छन ani ris loksewa nikali job garni ko yo ta Ali bichar gari nai bolnu parni ho
haitt… ….yeti nai mehenat lok sewa tayari garna gareko bhaye hunthyo. bichara purbagraha ko hadd.
यस्तो लेखलाई फिल्टर नगरी छाप्दा यो अनलाइन पत्रिकाको गरिमा आँच आउछ कि?
यो तर्कहिन लेख प्रती मेरो असहमती र खेद व्यक्त गर्दछु । केही खराब कर्मचारीको आचरणलाई लियर सबैलाई जोड्नु उपयुक्त होईन ।
अरु ठाउँमा त थाहा भएन तर वडा कार्यालयहरुमा करारका सहायक कर्मचारी अथवा सहायक कम्प्युटर अपरेटर विना जनताको काम नै हुँदैन । त्यसैले प्रत्येक वडा कार्यालयहरुमा रहेका करारका सहायक कर्मचारी अथवा सहायक कम्प्युटर अपरेटरहरुलाई स्थायी गर्ने वातावरण मिलाउनु पर्छ होइन भने वडा सचिव र कार्यालय सहयोगीले मात्र कसरी काम सम्पन्न गर्न सक्छन ?
आफ्नो मान्छे होईन भने जति राम्रो काम गरेनि राख्दैनन् लप्न छप्नन नजानेर काम राम्रो गरेको छ भने पनि जति लामो समए गरेको निकाल्छन सरकारि हाकिम हरु
Yo sabai thaau ma x tara sarkari job wala lai kole k vanx
Netaharule galat kam vayeko dekhada dekhda kei hunna vane esma ta tha ni hunna kun karmachari ke k garyo vanera
कमेन्ट मा धेरै राम्रोकुराहरु छन,तर लागू हुनुपर्यो
स्थायी कर्मचारीहरू हुँदा हुँदै काममा खटाउन नसकेर मुख्यमन्त्री, प्रधानमंत्री र मंत्रालयमा विना अर्थ काजमा राखेर तलब भत्ता खुवाएर जिल्ला कार्यालयमा कर्मचारी अभाव देखाएर, सकिने जति पद लोकसेवाबाट नमागी करारमा भर्ती गर्ने प्रवित्ति बढेको छ । यसमा अहिले कार्यालय प्रमुख र मंत्रालयका कर्मचारी भन्दा मन्त्री र सांसद नै लागेको देखिन्छ । कतिपय स्थानमा मन्त्री तथा संसादका स्वकीय सचिवहरुले पैसा लिएर करारमा नियुक्ति दिने गरेका छन । राजनीतिक तवरबाट नियुक्त करारका कर्मचारीहरू मंत्रालयमा निकट हुने जासूसी गर्ने, कार्य क्षमता नभएका, स्थायी कर्मचारीलाई धम्की दिने, बराबर सुबिधाको माग गर्ने जस्ता प्रवित्ति देखिएका छन, आफैको समान पदमा लोकसेवा पास नगरी करारको कर्मचारी नियुक्त हुनु, करारको कर्मचारी नियुक्त गर्न स्थायी कर्मचारीलाई सरुवा गर्नु, खाली दरबन्दी भएको स्थानमा जान नपाउने जस्ता अवस्था सिर्जना गरी पटक पटक स्थायी कर्मचारीको आत्मसम्मानमा ठेस पुरयाईएको छ, लोकसेवा पास गरेर जागीर खाने हैसियत भएका गरीब युवाहरुलाई क्षमता हुँदा हुँदै पनि विदेशिनु पर्ने बाध्यता सिर्जना गरिएको छ, अदक्ष कर्मचारी भर्ना गरी सानो सानो कामको लागि समेत बाह्य फर्मबाट सेवा हायर गरी राज्यालाई थप व्ययभार बोकाईएको छ । त्यसैले करारमा कर्मचारी राख्ने व्यवस्था, समय नपुगी मन लाग्दो सरुवा गर्ने व्यवस्था, काजमा डम्पिंग कार्य, दरबन्दी लुकाई कर्मचारी माग नगर्ने प्रवित्तिको अन्त्य हुनु पर्छ ।
अनि प्रत्रकार भनाउदाहरु तेल दियो भने मख्ख सरकारी कार्यालयलाई नसोधी विज्ञापन वनाउने विल दिने भुक्तानी गर्दे भन्ने त्यसैले गर्दा कर्मचारि नेता प्रत्रकार सव का सब देशको भमिरा
सही भन्नु भो ? पत्रकारिताको अवरणमा पनि खूबै राज्यको सम्पत्ति दोहन गरिएको छ । तेल माग्ने, अनावश्यक विज्ञापन गरी रकम असुल्ने, सानो कमजोरी भेटे धम्की दिने, राजनीति गर्ने, होटेलमा खाना खाएर कार्यालयलाई तिर्न लगाउने पत्रकारको पेशै बनेको छ ।
यस्मा लेखेको अनुसार गलत कोमात्रै टिका टिप्पणी भएको छ।
किनकि करार का कर्मचारी नभए अफिस पनि सफा हुदैन
अनि जनप्रतिनिधि आउदा कसैले नि पानी समेत सोधेको हुदैन कुनै जनप्रतिनिधि आएर कुनै को रिस करार कर्मचारी माथि रिस पुखेर हुन्छ र……….?
यदि नेपाल सरकारले करार का कर्मचारी लाइ फाल्नु को सट्टा थाइ गर्नुपर्ने हो जस्तो लाग्छ मलाइ त ।
आफ्नो बिचार राखेको मात्रै है साथि हरु
हावा र पुर्वाग्रही मनस्थितिबाट गरिएको टिप्पणी हो यो ।हो यो । स्थायी कर्मचारी कतिको भ्रष्ट र नालायक छन् भन्ने पनि उजागर गर्न सक्ने क्षमता हुनुपर्छ । एउटा संचार माध्यममा । यति नै नगरी कोठामा बसेर गरेको पत्रकारितालाई पीत पत्रकारिता सिवाय अरु केही भन्न सकिंदैन । कतिपय करारका कर्मचारीले स्थायी भन्दा राम्रोसँग कार्यालय समयमा उपस्थिति भइ कर्तव्य पुरा गरेको पनि उदाहरण छ । प्रस्तुत लेखमा भनिए झै करारका सबै कर्मचारी
१. हाकिमहरूले आफ्ना आफन्तलाई करारमा राखेको
२. महानिर्देशक, निर्देशक, सचिव, कार्यालय प्रमुखले करारको नाममा धमाधम आफ्ना आफन्तलाई जागिर खुवाएको
३. बिहान १० बजे हाजिर हुनुपर्ने कर्मचारी १२ बजे हल्लिँदै आउँछन् । ३ बजेसम्म गफ ठोक्छने
४. सरकारी गाडी दुरुपयोग गर्नु र गफ ठोकेर दिन कटाउने
आदि इत्यादि प्रवृत्तिका मात्र छैन । मेहनत, कर्तव्यनिष्ठ र इमान्दारका करारका कर्मचारी पनि छन् । तर केही आलेखमा भनिएका करारका कर्मचारीहरु ‘कामचोर’ प्रवृत्तिका भएका कारण मेहनती र इमान्दारलाई पनि सोही दायरामा राखेर दाँज्न कदापि मिल्दैन । एकचोटी केही मन्त्रालय, विभाग, आयोजना, ईकाइ, विभिन्न पालिकामा रहेका करारका कर्मचारीको विवरण बुझेर लेख्दा राम्रो होला ।