आईएसएलमा बढुवा भएको पञ्जाबसँग किरण चेम्जोङले गरे सम्झौता नवीकरण

काठमाडौँ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले भारतीय क्लब पञ्जाब एफसीसँगको सम्झौता नवीकरण गरेका छन् । उनले पञ्जाबसँग थप एक वर्षको सम्झौता गरेका हुन् ।

पञ्जाब गत सिजन मात्रै इन्डियन सुपर लिग (आईएसएल) मा बढूवा भएको थियो । नयाँ सम्झौतासँगै चेम्जोङ कम्तीमा पनि २०२३-२४ सिजनको अन्त्यसम्म क्लबमा रहनेछन् । ३३ वर्षीय चेम्जोङले गत सिजन पञ्जाबलाई आई लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उनले २०२०-२१ आई लिग सिजनमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए । पञ्जाबमा दोस्रो सिजन बिताउँदा चेम्जोङले आफ्नो दोस्रो आई लिग उपाधि र अर्को गोल्डेन ग्लोभ्स अवार्ड जिते । अनन्त तामाङपछि इन्डियन सुपर लिगमा खेल्ने उनी दोस्रो नेपाली खेलाडी बन्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *