ल्याण्डफिल्ड साइटका स्थानीय र सरकारबीचको बैठक बिना निस्कर्ष सकियो
काठमाडौँ । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निस्कर्ष सकिएको छ ।
तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिना निस्कर्ष सकिएको हो । बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र स्थानीयवासीहरु र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक विना निष्कर्ष सकिएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै ल्याण्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल बिना निस्कर्ष सकिएको बताए । छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौँ महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने उनले बताए ।
काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा दुई तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले फोहोरको गाडी रोकिरहेकाले स्थानीयबासीको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने बताए । उनले तत्काल बन्चरेडाँडामा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ र फोहोरबाट फैलिएको दुर्गन्धलाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने विषयमा प्रारम्भिक छलफल मात्रै भएको बताए ।
उनले छलफलमा ल्याण्डफिल्ड साइटबाट १ किलोमिटरसम्म झिँगाहरु फैलिएकाले स्थानीयहरुलाई बस्न अफठ्यारो भएकाले तत्काल झिँगा नियन्त्रण गर्ने र फोहोर बिसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम नभएकाले टाढासम्म दुर्गन्ध रोक्ने बताए ।
उनले झिँगा नियन्त्रण र माटो क्यापिङ लागि महानगरसँग बसेर निचोडमा पुग्ने बताए । क्यापिङको लागि माटोको समस्या आएकाले विगतमा १७ सय रोपनी अधिकरण भएको जग्गाको सिमाङ्कन हटाएकाले त्यसलाई पुनः सिमाङकन गरेर माटो ल्याउने स्थान महानगरलाई उपलब्ध गराउने बताए । उनले क्यापिङ भएपछि धेरै कुराहरुको निराकरण हुने बताए ।
उनले फोहोर मान्छेसँगै बस्ने अवस्था नभएकाले अतिप्रभावित क्षेत्रका स्थानीयवासीहरुलाई मुआब्जा दिएर स्थान्तरण गर्न इआईए गर्न भोलिदेखि नै प्राविधिक खटाउने बताए । इआर्ईए प्रतिवेदन आएपछि प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुआब्जा दिएर स्थान्तरण गरिने बताए ।
त्यस्तै ककनी गाउँपालिका वडा न.३ वडा अध्यक्ष धनराज बजगाईंले बैठकमा कुनै निस्कर्ष निस्कन नसकेको बताए । आइतबार काठमाडौँ महानगरपालिका लगायत १७ वटा स्थानीय तहहरुसँग छलफल गर्ने तयारी रहेकाले उक्त बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निस्कर्षमा पुग्ने बताए । उनले तत्कालका लागि अव्यवस्थित रुपमा फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गर्ने मन्त्रालयले प्रतिवद्धता जनाएको बताए । झिँगा नियन्त्रण गर्न सरकारले पहल गर्ने बताएको बताए ।
वातावरण प्रभाव मूल्याङ्कनको लागि नास्टका वैज्ञानिक डा. भोजराज पन्तको अध्यक्षतामा बिहीबारदेखि फिल्डमा जाने सहमति भएको बताए । उनले अव्यस्थित रुपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म काठमाडौँ उपत्यकाको फोहोर ल्याण्डफिल्ड साइटमा जान नदिने बताए ।
उनले सरकारसँग फोहोर व्यवस्थापनको लागि सधैँ लडाई गर्नेभन्दा पनि अब एक पटक सम्बोधन गर्ने भनेको काम गर्ने समय दिने बताए ।