युएईमाथि नेपालको सानदार जित, कुशलको योगदान कीर्तिमानी सावित

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले युएईमाथि शानदार जित हात पारेको छ । कुशल भुर्तेलको कीर्तिमानी योगदानमा नेपालले यो उपलब्धी हात पारेको हो ।

आजको खेलमा नेपाललाई शानदान जित दिलाउन कुशल भुर्तेलले लिएको ६ विकेट र ७१ रनको योगदान महत्वपूर्ण बन्यो ।

श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपाले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।

सन्दीप जोरा र देव खनालले समान २४–२४ रन बनाए ।

युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । सिंहले ६ चौका र १ छक्का प्रहार गरेका थिए । इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन जोडे ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए । राष्ट्रिय टिमबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १–१ विकेट लिए ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका थिए । नेपालले सान्त्वना जित हात पारेको छ । युएईले जितविहीन भएर बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *