सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गएको जेठ १८ गते सुनको भाउ उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । बुधबार तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो ।

चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिनयता दैनिक उच्च रेकर्ड बनाइरहेको छ । मंगलबार प्रतितोला १४८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४९० रुपैयाँ पुग्यो भने बिहीबार १४९५ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *