बरामद भएको सुन जोख्न टक्सार महाशाखा लगियो (तस्बिरहरु)

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बुधबार राती बरामद गरिएको भारी परिमाणको सुन जोख्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगिएको छ । उक्त सुनको परिमाण एकीन नभएपछि जोख्नका लागि बबरमहलस्थित टक्सार महाशाखामा लागिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिसकेपछि झण्डै १०० किलो सुन बरामद भएको थियो ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

उक्त सुन तस्करीमा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *