बरामद भएको सुन बट्टासहितै जोख्दा १५५ केजी पुग्यो
मकालु खबर
२०८० साउन ४ गते
काठमाडौँ । बुधबार साँझ त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन बट्टा र मोटरबाइकको ‘ब्रेक शु’ सहित नै जोख्दा १५५ केजी तौल पुगेको छ ।
बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा उक्त सुन जोखिएको हो । राजस्व अनुसन्धान विभागले उक्त सुनको अब बट्टाबाट र ब्रेक शुबाट झिकेर वास्तविक तौल लिन लागिरहेको छ ।
विभानस्थलमा भन्सार जाँचपास गरी ट्याक्सीमा राखेर लैजान लागिएको उक्त सुनलाई राजस्व अनुसन्धान विभागका अधिकारीहरुले बरामद गरेका थिए ।
मकालु खबर
२०८० साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित