बजेटका लक्ष्यहरू पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरू पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भएपनि कर्जा बिस्तार कम भएका बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउने उल्लेख गरे । उनले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धि अनुसार नै मौद्रिक नीति आउने बताए ।

गभर्नर अधिकारीले बजेटले राखेको मूल्यको दर भित्र रहने गरी मौद्रिक नीति तर्जुमा गर्ने गरेको बताए । उनले समग्र मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति तयार गरिने बताए । उनले मौद्रिक नीति आगामी वर्षमा बजेटले लक्षित गरेको आर्थिक वृद्धिको लागि मुद्रा प्रदायकहरूलाई आवश्यक पर्ने तरलता प्रदान गर्ने मुख्य उद्देश्य राखेर मौद्रिक नीति तय हुने जानकारी दिए । उनले राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्य वृद्धि नियन्त्रण गर्ने,बाह्य क्षेत्रलाई स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने प्रमुख उद्देश्यलाई शिरमा राखेर मौद्रिक नीति जारी गर्ने उल्लेख गरे ।

उनले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्य वृद्धि ७ प्रतिशत रहने अनुमान रहेको बताए । उनले कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको बताए । उनले बैंकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको बताए । उनले राष्ट्र बैङ्कले बैङ्कहरूबाट करिब ६० अर्ब लिएको बताए । उनले ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भएपनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको बताए ।

उनले भने ‘बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धि अनुसार नै मौद्रिक नीति आउँछ । बजेटले राखेको मूल्यको दर भित्र रहने गरी हामीले मौद्रिक नीति तर्जुमा गर्ने गरेका छौँ । समग्र मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरे मौद्रिक नीति तयार गर्ने गरेका छौँ । मौद्रिक नीति आगामी वर्षमा बजेटले लक्षित गरेको आर्थिक वृद्धिको लागि मुद्राप्रदायकहरुलाई आवश्यक पर्ने तरलता प्रदान गर्ने मुख्य उद्देश्य लिएर मौद्रिक नीति तय हुन्छ । राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्य वृद्धि नियन्त्रण गर्ने,बाह्य क्षेत्रलाई स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने प्रमुख उद्देश्यलाई सिरमा राखेर मौद्रिक नीति जारी गर्छौँ । मुलुकको ११ महिनाको आर्थिक तथ्याङ्क हाम्रो हातमा आएको छ । असार मसान्तको तथ्याङ्क आउन बाँकी छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्य वृद्धि ७ प्रतिशत रहने अनुमान गर्नसक्छौं । निक्षेप राम्रो भएपनि कर्जा बिस्तार कम भएका बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउँछ । कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको छ । बैङ्किङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको छ । करिब ६० अर्ब राष्ट्र बैकले खिचेको छ । ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भएपनि पछिल्ला दिनमा घट्दो क्रममा छ । बैङ्किङ क्षेत्र बलियो हुनुपर्छ र मौद्रिक नीति त्यसमा केन्द्रित रहनेछ ।’

गभर्नर अधिकारीले राष्ट्र बैंकको नीतिमार्फत कुल लगानीको ४० प्रतिशत ऊर्जामा लगानी भइरहेको बताए । उनले राष्ट्र बैङ्कले कुनै एउटा क्षेत्र र उद्योगमा र आयातमा मात्रै कर्जा नजाओस् भनी आन्तरिक उत्पादनमा कर्जाको प्रवाह गर्ने नीति बनाएको बताए । उनले मौद्रिक नीति तयार गरी राख्दा राष्ट्र बैङ्कलाई महत्वपूर्ण चुनौती उत्पादनशील क्षेत्रमा उत्पादनकै लागि कर्जाको परिचालन देखिएको बताए ।

उनले ठुलै सङ्ख्यामा रोजगारी,धेरै उत्पादन,राजश्वमा योगदान गरी अर्थतन्त्र चलायमान बनाउने क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । उनले सरकारले १० खर्ब रुपैयाँ एक वर्षमा राजश्व उठाउने गरेको भन्दै उक्त राजश्व निजी क्षेत्रबाट र उद्योगधन्दाबाट नै आएको बताए । उनले राष्ट्र बैङ्कले बनाएका तथ्याङ्क निश्चित प्रमाण र आधार भएर नै आएको बताए । उनले अर्थतन्त्र सुधार गर्नको लागि केही संरचनागत हिसाबले काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। उहाँले त्यसका लागि एक दुई वर्षमा सुधार गर्न सक्ने अवस्था रहेको बताए ।

उनले रेमिट्यान्सवेस मुलुकको अर्थतन्त्र भएको भन्दै त्यसलाई कृषि,जलविद्युत र पर्यटनवेस अर्थतन्त्रमा रूपान्तरण गर्न आन्तरिक उत्पादनले धान्ने गरी बनाउन निश्चित रणनीतिक योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताए । उनले सबै कुरालाई समावेश गर्न मौद्रिक नीति आफैँमा सक्षम नभएको बताए ।

उनले भने ‘नेपाल जलविद्युतमा धनी छौँ । जलविद्युतमा लगानी पुगेन भनेर कम्तीमा हामीले १० प्रतिशत कुल लगानीको ऊर्जामा लगाउनुपर्छ । कुल लगानीको ४० प्रतिशत हाम्रो देशमा ऊर्जामा राष्ट्र बैंकको नीतिमार्फत निर्देशित लगानी छ । राष्ट्र बैङ्कले कुनै एउटा क्षेत्र र उद्योगमा मात्रै कर्जा लगानी नजाओस् अथवा आयातमा मात्रै कर्जा नजाओस् भनी आन्तरिक उत्पादनमा कर्जाको लगानी जानुपर्छ भनेर नीतिगत व्यवस्था छ । तर पनि मौद्रिक नीति तयार गरी राख्दा राष्ट्र बैङ्कलाई महत्वपूर्ण चुनौती उत्पादनशील क्षेत्रमा उत्पादनकै लागि कर्जाको परिचालन नै हो । हामीले यसो भन्दा ठूलो उद्योगहरूले कर्जा लिनुहुन्न भन्ने पनि होइन । समग्रमा त्यसले उत्पादन गर्छ भने त्यस्तोमा लगानी हुनुपर्छ । यसले ठुलै सङ्ख्यामा रोजगारी, धेरै उत्पादन र अर्थतन्त्रलाई ठूलो योगदान गर्छ । राजश्वमा पनि त्यतिकै योगदान गरी रहेको हुन्छ । हामीले १० खर्ब रुपैयाँ एक वर्षमा राजश्व उठाएका छौ । त्यो राजश्व निजी क्षेत्रबाट र उद्योगधन्दाबाट नै आएको हो । त्यसकारण आएको छैन भन्ने कुरा होइन । हामीले बनाएका तथ्याङ्क त्यत्तिकै बनाएका हुँदैनौं । तथ्याङ्क निश्चित प्रमाण र आधार भएर नै आएका हुन्छन् । राष्ट्र बैङ्कले सार्वजनिक गर्ने तथ्याङ्क कसैले आफूखुसी बनाउने भन्ने कुरा हुँदैन । अहिले विश्वको अर्थतन्त्र नै डेटाबेस छ । सूचनाको युग छ । हाम्रो अर्थतन्त्र सुधार गर्नको लागि केही संरचनागत हिसाबले काम गर्नुपर्ने छ । त्यसलाई एक दुई वर्षमा सक्ने अवस्था छैन । रेमिट्यान्सवेस मुलुकको अर्थतन्त्र छ । त्यसलाई कृषि, जलविद्युत र पर्यटनवेस अर्थतन्त्रमा रूपान्तरण गर्न आन्तरिक उत्पादनले धान्ने गरी बनाउन निश्चित रणनीतिक योजना बनाएर अघि बढ्नुपर्छ । यी सबै कुरालाई समावेश गर्न मौद्रिक नीति आफैँमा सक्षम विषय होइन । आफैले सबैकुरा गर्ने विषय होइन । मौद्रिक नीतिले गर्ने भनेको बैङ्क तथा वित्तीय प्रणालीमा भएको स्रोतलाई कसरी उत्पादन र रोजगारीमा लगाउने सकिन्छ भन्ने हिसाबले काम गर्ने हो । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति बनाउँदा मुलुकको अर्थतन्त्रले के चाहेको छ । अर्थतन्त्रले कस्तो मौद्रिक नीति चाहेको छ त्यही अनुसार नै जाने हो । राष्ट्र बैंकको प्रमुख उद्देश्य नै मूल्यवृद्धि नियन्त्रण गर्ने हो । मुलुक कुनैपनि प्वाइन्टमा सङ्कटतिर नजाओस् भनेर बाह्य क्षेत्रमा हामी सुरक्षित हुन चाहन्छौँ । बाह्य क्षेत्रमा अप्ठ्यारो पर्न साथ हामीलाई धेरै ठाउँमा अप्ठ्यारो पर्छ । भोलि कतैबाट पनि थेग्न सकिँदैन । त्यसकारण अहिले हामी दुवै पाटोमा सुरक्षित छौँ ।’

उनले मौद्रिक नीतिले गर्ने भनेको बैङ्क तथा वित्तीय प्रणालीमा भएको स्रोतलाई कसरी उत्पादन र रोजगारीमा लगाउने गरी काम गर्ने बताए । उनले राष्ट्र बैङ्कले मौद्रिक नीति बनाउँदा मुलुकको अर्थतन्त्रले चाहे अनुसारको मूल्यवृद्धि नियन्त्रण गर्नेगरी आउने बताए । उनले मुलुक कुनैपनि स्थितिमा सङ्कटतिर जान नदिने गरी बनाउने भन्दै मुलुकको बाह्य क्षेत्रमा सुरक्षित रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *